काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ । आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए […]
इन्टरनेटसँग जोडिएका उपकरणको नियन्त्रण प्रणालीमा पहुँच बनाएर दैनिक उपभोग्य वस्तुको भण्डारण र खाद्य आपूर्ति व्यवस्थामै क्षति पुर्याउन सकिने तथ्य यस घटनाबाट उजागर भएको छ।
रोजगारीको मूल्याङ्कनसम्बन्धी आफ्नो दृष्टिकोण राख्दै ओलीले रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने स्पष्ट पारे ।
काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा […]