खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा

-राजेन्द्रप्रसाद पनेरूभीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् ।  चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसँगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बाल