नदीका गिटी बालुवा बेलामै उत्खनन नगरे भारत पुग्छ : सांसद सिंह

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले नेपालका नदी तथा खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन गर्न दिनुपर्ने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उनले खोला, नदी र चुरे संरक्षण गरेर क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिटी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने बताएका हुन् । […]