यूक्रेन रूससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए ।बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।” “दुःखको कुरा, हामी समानान्तर र