सबै सरकारले सुशासन दिन्छौँ, विकास गर्छौँ भनेर नारा दिइरहेका हुन्छन् । तर, सही अर्थमा सुशासन पनि हुन सकेको छैन । नागरिकको आकाङ्क्षा बमोजिमको विकास निर्माणको कामहरुले जुन गति लिनु पर्ने हो त्यो पनि भएको छैन ।
सत्तामा पुगिसकेपछि सत्ताको दुरुपयोग गरेर निजी स्वार्थ लाभ गर्ने जुन प्रवृत्ति देखियो राजनीतिक वृत्तिदेखि कर्मचारीसम्म पनि त्यसले गर्दा नागरिकले सुशासनको अनुभूति गर्न नपाएको अवस्था छ ।
यस सम्बन्धमा सरकार प्रमुख भनौँ तथा सरकारका मन्त्रीहरु भनौँ जुन हिसाबले सुशासन कायम गर्नको लागि तदारुकताका साथ तन,...