बैतडी : पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा बन्द गरिएको छ। २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्य चौकीले सेवा बन्द भएको जनाएको हो। स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए। स्वास्थ्य चौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जम्मा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको हो। ‘आकाशे पानीको भरमा स्वास्थ्य सेवा सञ्च