ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो । आगलागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।एकैसाथ तीन सिलिन्डर पड्केर आगलागी हुँदा

सम्बन्धित सामग्री

रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते, घरमा आगलागी

भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

रसुवाको भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । भोर्लेका ५८ वर्षीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जाेड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उहाँकी ५० वर्षीया श्रीमती गोमा गोले घाइते हुनुभएको छ । घरमा आगलागी समेत भएको र क्षतिकाे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगर मानेस्वाँरा लामा टोल गाउँका स्थानीय मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको थियो ।

ललितपुरकाे पाटनमा आगलागीपछि ग्यास पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु

ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा  एकै परिवारका चार जनाको निधन भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन् ।

झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते

झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा हिजो (शनिबार) साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी […]

विहारमा ग्यास सिलिन्डर विस्फोट, एकै परिवारका ५ को मृत्यु

झापा : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ।झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ। विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी

ग्यास सिलिन्डर चुहिएर घरमा आगलागी

कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।