एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको