बलेफीमा दुर्घटना : बसमा तोडफोड, सडक अझै अबरुद्ध

सिन्धुपाल्चोक : यहाँको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले बससहित चारवटा सवारीमा तोडफोड गरेका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी-बन्देउ सडकखण्ड अझै खुल्न सकेको छैन।  बा ३ ख ९३४ नम्बरको बसले बा ७ त २ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बाह्रबीसे नगरपालिका-७...

सम्बन्धित सामग्री

एक्लेफाँट दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

पृथ्वीराज मार्गमा पर्ने डुम्रे आँबुखैरेनी खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ । दुर्घटनामा मोटरसाईकल चालक आँबुखैरेनी गाउँपालिका–.२ मार्कीचोक बस्ने बर्ष ३१ को दुर्गा भुजेलको घटना स्थलमा मृत्यु भएको, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पछाडी सवार सोही ठाउँका बर्ष १७ को साजन भुजेलको दायाँ खुट्टामा चोट लागेको र उहाँको आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो २ः४५ बजे आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ना ६ ख ६११८ न.को ट्रकको दायाँ साईडमा विपरीत दिशाबाट आउदै गरेको लु ८ प ८३५३ न.को मोटरसाईकल ठोकिन गई उक्त मोटरसाईकल अनियन्त्रित भई पछाडीबाट आउदै गरेको ना.६ ख ४४४७ न.को ट्रकमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित बासिन्दाले दुई घण्टा पृथ्वीराजमार्ग अबरुद्ध पारेका थिए ।

नारायणगढ­-मुग्लिन सडकका सूचना अब ‘एसएमएस’ बाटै

चितवन : चितवनको नारायणगढ­-मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न। घरबाट साइत गरेर हिडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ। कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी विग्रिएर सडक अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै ...

पूर्व–पश्चिम राजमार्ग खुल्यो

२७ वैशाख, बुटवल । यात्रुवाहक बस र मालवाहक गाडी दुर्घटना भएर अबरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग खुलेको छ । पश्चिमबाट राजधानी काठमाडौ‌ंंका लागि छुटेको लु १ ख ९७९५ नम्बरको बस र बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बा २ क ४६७५ नम्बरको ट्रक पुलको ठोक्किएर सडक ब्लक गरेपछि सवारी चल्न सकेका थिएनन् । दुर्घटनापछि पुगेको …