प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुराको अमरगढीमा कांग्रेस विजयी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्लाको सदरमुकामसमेत रहेको अमरगढीमा कांग्रेसबाट प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगरप्रमुखमा जोशीले ३ हजार ६१९ मत प्राप्त गरे । निकटतम प्रतिष्पर्धी कांग्रेस बीपीका...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रधानमन्त्री देउवाको पालिका डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेस विजयी

वैशाख ३१, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । उनले तीन हजार १३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त पाएका छन् । रासस