पाँच वर्षदेखि चीनसँगका नाका बन्द

संघीय संसद्मा डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद धनबहादुर बुढाले चीनसँग जोडिएका दुई नाका खुलाउने विषयमा समन्वय गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग अनुरोध गरेका छन्। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद बुढाले क्याटो र मरिम नाका खुलाउन पहल गरेका हुन्। ‘चीनसँग जोडिएको १४ नं. क्याटो र १५ नं. मरिम नाकामा सदियौं कालदेखि व्यापारिक मेला लाग्दै आएको छ। कोभिड […]