कमेडी कलाकार ब्रह्मानन्दम : सुपरस्टार जस्तो स्टारडम, करोडौंका मालिक !

भारतीय फिल्म उद्योगमा यस्ता पनि स्टार छन् । जसले सानो भूमिकाबाट आफ्नो करियर सुरु गरेर ठुलो सफलता हात पारेका छन् । ती मध्येका एक हुन् हास्य कलाकार ब्रह्मानन्दम । आन्ध्र प्रदेशको सटेनापल्ली जिल्लाको मुपल्ला गाउँको गरिब परिवारमा जन्मिएका उनी अभिनय अगाडि अतिल्ली कलेजमा तेलुगु लेक्चरको रुपमा कार्य गर्थे ।कलेजमा उनी अक्सर विद्यार्थीलाई नक्कल गरेर हसाउँथे । एकपटक उनले अन्तर कलेज प्रतियोगितामा उत्कृष्ट सह–कलाकारको पुरस्कार पाएका थिए । त्यसले उनको नाटकप्रति रुचि बढ्यो । सोही क्रममा उनी नाटक अभिनय ग