देशको सबैभन्दा होचो ठाउँ मुखियापट्टीमा भ्युटावर बन्ने

धनुषा– मधेश सरकारले देशको सबैभन्दा होचो ठाउँ धनुषाको मुखियापट्टी मुसहरनियामा भ्युटावर निर्माण गर्न लागेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ को बेलहीमा मधेश सरकारले ९० फिटको भ्युटावर बनाउन लागेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले जनाएका छन् । भ्युटावर, पिकनिक स्पट, बासस्थानसहित अन्य पूर्वाधार निर्माणका लागि १४ कठ्ठा जमिन छुट्याइएको छ । करिब ७ करोड खर्चिएर […]

सम्बन्धित सामग्री

‘यो कुरा सरकारले कहिले हो सुन्ने !, हाम्रो कलेज त्रिचन्द्र कहिले हो बन्ने ?’

संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय तहमा अग्ला डाँडामा समेत करोडौँ खर्चिएर भ्युटावर निर्माण भएका छन् । तर, नेपालको उच्च शिक्षाको ‘टावर’ मानिएको त्रिचन्द्र कलेज र सँगै रहेको घन्टाघर भने ढल्न लागेका छन् ।...

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ– विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।  भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरूले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहिँ बन्ने त्रिचन्द्र नबन्ने, […]

मुसहरनियामा भ्युटावर निर्माणको तयारी

देशकै अर्को होचो ठाउँ दावी गरिएको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा भ्युटावर निर्माण हुने तयारी गरिएको छ । टावर बन्ने भएपछि स्थानीय हर्षित बनेका छन् । धनुषाको सोे गाउँपालिका २ स्थित बेलही टोलमा भ्युटावर निर्माण हुने भएपछि स्थानीय हर्षित बनेका हुन् ।

कहिले बन्ला!

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावर निर्माणको काम गर्दै कामदारहरू। सम्झौता अनुरूप निर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनीको आलोचना हुँदै आएको छ। यहाँ सर्वाधिक सुविधासम्पन्न भ्युटावर बन्ने भनिएको छ। तस्विर : नबिन बाबु गुरूङ /सेतोपाटी

कहिले बन्ला!

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावर निर्माणको काम गर्दै कामदारहरू। सम्झौता अनुरूप निर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनीको आलोचना हुँदै आएको छ। यहाँ सर्वाधिक सुविधासम्पन्न भ्युटावर बन्ने भनिएको छ। तस्विर : नबिन बाबु गुरूङ /सेतोपाटी

छङ्गाछुर भीर हेर्न बन्दीपुरमा बन्दै सिसाको भ्युटावर

‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट टावर नभएपनि प्रष्ट देखिन्छ तर टुडिखेल मुनिको छङ्गाछुर भिर हेर्न कठिनाई भएकोले भ्यू–टावर निर्माण गर्न लागिएको बताइएको छ ।

बन्दिपुरमा सिसाको भ्युुटावर बन्ने

तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दिपुरमा पर्यटकलाई आकर्षण गर्न सिशाको भ्युुटावर बन्ने भएको छ । बन्दिपुर गाँउपालिकाको पहलमा बन्दिपुरको टुडिखेलमा ३ करोडको लागतमा सिसाको भ्युटावर बन्ने भएको हो । बन्दीपुर आउने पर्यटकलाई थप आकर्षण गर्न गाउपालिकाले टावर निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

बन्दिपुरमा बन्ने भ्युटावरको डिपिआर तयार

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा बन्ने भ्युटावरको डिपिआर तयार भएको छ । बन्दिपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउने उद्धेश्य सहित रानीवन क्षेत्रमा भ्युटावर बनाउन लागिएको हो ।