नेपालकै पहिलो इभी एक्स्पो, २०२२ मा चांगन भ्यानको समेत प्रदर्शन हुने भएको छ । सीजी मोटर्सले इलेक्ट्रिक सवारीमा नेटा–भीसँगै थप चांगन भ्यान समेत प्रदर्शन गर्ने भएको हो । यसअघि नै कम्पनीले बजारमा होजोन मोटर्सको इभी नेटा–भी उतारिसकेको छ । ११ सिटे प्यासेन्जर भ्यान चांगन चिनियाँ ब्रान्ड हो । खासगरी सीजी मोटर्सले इभी एक्सपोलाई नै लक्षित गरेर चांगन ल्याउने तयारी गरेको छ । यतिमात्र होइन कम्पनीले पछिल्लो समय भारतीय बजारमा निकै चर्चामा रहेको दुई पाङ्ग्रे इभी ओला समेत इभी प्रदर्शनीमा उतार्ने