नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वैधता तथा १४ सांसद माथिको कारवाहीका सम्बन्धमा नेकपा एमालेले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा थप बहस हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासमा मंगलवार भएको सुनुवाइपछि अन्तरिम आदेशका सम्बन्धमा निर्णय लिनुअघि थप कागजात मगाउने आदेश भएको हो ।
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने गरी भदौ ९ मा गरेको निर्णय, १४ सांसदलाई कारवाही गर्नु नपर्ने भनी सभामुखले भदौ १३ गते गरेको निर्णय, लुम्बिनी ...