४ देशका प्रमुख आयुक्त नेपाल आउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे अनुगमन गर्नका लागि भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउने भएका हुन् […]