नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि शनिबार २ बजेसम्म ४ नेताको उम्मेदवारी परेको छ । दलित कोटातर्फ मान विश्वकर्मा, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, थारु कोटा तर्फबाट सुरेन्द्र प्रसाद चौधरी र पिछडिएका क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस महाधिवेशनबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि साँझ ५ बजेसम्मको समय दिएको छ भने नेताहरु आफ्नो प्यानल तय गर्न व्यस्त रहेकाले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्ने क