आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबको सहयोग

काठमाडौं (अस) । दया फाउन्डेसनद्वारा सहयोग दिइँदै आएको काठमाडौंको लगनस्थित आजाद आधारभूत विद्यालयमा ०७२ को  भूकम्पले भौतिक संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले विद्यालयको कक्षाकोठा निर्माण गरिदिएको छ ।क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरसमेत उपलब्ध गराएको छ । कार्यक्रममा दया फाउन्डेसनका पूर्वअध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान, फाउन्डेसनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाडौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नवनिर्मित कक्षाकोठासँगै डेस्क, बेन्च, कम्प्युटर टेबललगायत सामग्री हस्तान्तरण गरियो ।फाउन्डेसनका अध्यक्ष प्रधानले विद्यालयको गुणस्तरीय शिक्षाका रोटरी क्लबले उपलब्ध गराएको सहयोगपछि करिब १ सय बालबालिका लाभान्वित हुने बताए ।

सम्बन्धित सामग्री

बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा रहेको रौलेश्वर माविमा प्रथम विद्यालय सरसफाई सम्मेलन शुक्रबार सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उद्येश्यले सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर भाटले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको आयोजना गरेको […]

बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उदेश्यले याे सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको […]