मोहना नदीमा आएको बाढीले स्काई फोल्डिङ पुल भत्कायो

कैलाली, भदौ ११ । कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा आएको बाढी धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। रातभर पानीको बहाव अहिले पनि कम भएको छैन। बाढीले पुलमा क्षती पुगेपछि धनगढीदेखि राजघाटन जाने बाटो आवागमन अवरुद्ध भएको छ। ‘पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । […]

सम्बन्धित सामग्री

मोहना नदीमा हटेन डुङ्गाबाट वारपार

कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् । नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भन्नुभयो, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।”

झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती

झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई सास्ती भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो । आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ ।

पुल नबन्दा ज्यान गुमाउँदै स्थानीय

धनगढी / महेन्द्रनगर : छेउमा उभिएर नदीपारि हे¥यो भने सेती अञ्चल अस्पतालआसपास झलमल्ल उज्यालो देखिन्छ। तर, खुट्टामुनि सुसाइरहेको मोहना नदी। तर्ने कुनै साधन छैन, राति ११ बजे। नदी छेउमा बसेर पानी