नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरी कर्मचारीको तलबी बचत खाता सञ्चालन तथा विभिन्न कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन्। नेपाल प्रहरीमा कार्यरत कर्मचारीको तलबी खाता राष्ट्रिय […]