बर्दियाकाे ठाकुरबाबा नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा

बर्दिया – 'पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान' भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको छ । ठाकुरबाबा नगरपालिकाभित्र रहेका सबै वडाका गाउँटोलका घरघरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई यसअघि पूर्ण हात धुने वडा घोषणा गरिसकेपछि आज बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण हात धुने पालिका घोषणा गरिएको हो । ठाकुरबाबा–१ भुरीगाउँमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जन्मजय तिम...