१३ मंसिर, काठमाडौं । बसन्तपुर डबलीमा सांगीतिक कार्यक्रमदेखि राजनीतिक दलका आमसभाहरू बरोबर हुने गर्छ । पछिल्लो समय दरबार क्षेत्र साँझपख युवायुवती रमाउने थलोसमेत बनेको छ । सोमबार अपरान्ह चार बजे यहाँ नाटक मञ्चन थालिएपछि वरिपरि घुम्न आएका मानिस तथा स्थानीयहरू झुम्मिए । ‘ठूला माछा–साना माछा’ नामक नाटकले काठमाडौं उपत्यकाकै व्यथा बोलेको थियो । विकासको नाममा […]