माघ १२, काठमाडौ। काभ्रेको पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने पनौती मेला गत माघ १ गतेदेखि जारी छ।
एक महीनासम्म लाग्ने यो मेलामा बिगतका मेलामा जस्तो यसपालीको मेलामा भक्तजनको भिडभाड भने देखिदैन। बिश्वव्यापि फैलिएको कोरोना माहामारी त्रासका कारण भिडभाड कम देखिएको हो।
मेलामा अलमलिने भन्दा दर्शन गरि फर्किनेहरु मात्रै बढि देखिन्छन् । पनैतीमा मकर मेलाका अवसरमा पनौती त्रीवेणी घाटमा सन्ध्या आरती गर्ने गरिन्छ । सोहि मेलालाई लक्षित गरि पनौती नगरपालिकाले आईटी पार्कदेखि पनौती बसपार्क सम्म सडक कालोपत्रसमेत गरेको छ।
विश्वसम्पदा सूचीमा पर्ने यस क्षेत्रलाई नगरपालिकाले मठमन्दिरसमेत ममर्त तथा रंगरोगन गरि सजावट गरिएका छन्। गोदावरीमा १२ वर्षमा लाग्ने सिंहहस्तमेला र पनौतीमा लाग्ने मकर मेला र पनौतीको मकरमेला ६ वर्षको अन्तराल रहँदै आएको छ । सोहि अवसरमा अभियानकर्मी केशव प्रसाद सत्यालले लिएको तस्वीर ।