प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ्ग डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ विरुद्धको अभियान स्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई २–२ थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएका हुन् ।