एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।