माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

आगामी मंसिर १० गते हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान भएको छ । वाम गठवन्धनको सहमति अनुसार तालमेलमा जानका लागि माओवादी र एमालेका नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।