वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि खोप सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ खोप लगाउन आग्रह गरेको छ ।जारी विज्ञप्तिमा भनिएको छः ‘ वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि गन्तव्य दे