यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

दमौली - तनहुँको आबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  ।  प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित सामग्री

मर्स्याङ्दी बस दुर्घटना : १४ शव निकालियो, उद्धार कार्य जारी

काठमाडौँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको ह...

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...