तेश्रो लिङ्गीहरुले मनाउँदै आएको प्राइड परेड सरकारले लगाएको निषेधाज्ञाका कारण यो वर्ष पनि मैनबत्ती प्रज्ज्वलनमा खुम्चिएको छ।गएको वर्ष पनि सरकारले लगाएको निषेधाज्ञाका कारण अनलाइनमा सिमित भएको प्राइड परेड यो वर्ष भने मैनबत्ती सभामा सिमित भएको हो। पछिल्लो एक वर्षमा ज्यान गुमाएका २५ जनाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको आयोजक पक्षले जनाएको छ।