कोरोना महामारीले सरकारलाई सचेत बनायो : प्रधानमन्त्री

हेटौंडा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सरकारलाई स्वास्थ्यमा सचेत बनाएको बताएका छन्। सोमबार बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले कोरोना महामारीले देशको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई सचेत बनाएको बताए। शिक्षाको लगानी नै सबै क्षेत्रको विकासको लगानी भएकाले सरकारले आफ्नो कार्यकालमा बालबालिकाको स्कुल भर्नादेखि विभिन्न क