प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै

शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो । प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको आयोगका उप सचिव एवं सूचना अधिकारी सुरेश मरहठ्ठाले रातोपाटीलाई जानकारी दिए । एक दुईदिन भित्रै प्रावि शिक्षकका विज्ञापन प्रका