शक्तिशाली आँधी आइडाका कारण अमेरिकाको लुइजिआनाको जनजीवन प्रभावित भएको छ । न्यू अर्लियन्समा पूर्ण रुपमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका लुइजिआनाको तटीय क्षेत्रमा ल्याण्डफल गर्दा आइडा आँधीका कारण २४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको जनाइएको छ । स्थानीय प्रशासनले सुरक्षित स्थानमा नगएकाहरुलाई सेल्टर तयारी अवस्थामा राख्न सुझाव दिएको छ […]