काठमाडौँ – नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने भएको छ । अघिल्लो चुनावमा पनि उम्मेदवार बनेका व्यञ्जनकार चिरीबाबु महर्जनसँग ३२६ मतले पराजित भएका थिए । महर्जन योपटक पनि उम्मेदवार बन्ने तयारी छ । फेरि व्यञ्जनकार र महर्जनबीच प्रतिस्पर्धा हुने सम्भावना छ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।