महंगो ब्याजले लगानी बिस्तार त परको कुरा उद्यम टिकाउनसमेत चुनौति भयोः अध्यक्ष गोल्छा

काठमाडौं, ९ माघ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकको महंगो ब्याजले लगानी बिस्तार गर्नभन्दा उद्योग कसरी टिकाउने भन्ने चुनौती थपेको बताएका छन्। सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने जनाए। अहिले साना, ठूला सबै उद्योगको क्षमता करिव ६० प्रतिशतले घटेको दाबी उनले गरे।