काठमाण्डौ – कतारमा रहेका नेपालीहरूको हक अधिकार सुरक्षाका लागि वैदेशिक रोजगार बोर्ड, विभाग र नेपाल व्यवसायी सङ्घ कतारबीच समझदारी भएको छ ।
श्रम स्वीकृति लिई कतारमा कार्यरत र त्यहाँ व्यापार व्यवसाय गर्ने नेपालीहरूलाई अप्ठेरो परेका बेलामा राहत र उद्धारका साथै नेपालमा सञ्चालन हुने पुनः एकीकरण कार्यक्रममा पनि सहकार्य गर्ने गरी त्रिपक्षीय समझदारी समझदारी भएको श्रम मन्त्रालयले जनाएको छ ।
समझदारी पत्रमा वैदेशिक रोजगार विभागकातर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैयाँ कँडेल र नेपाल व्यवसायी सङ्घ कता...