पाँचथरमा सोमबार रातिदेखि निषेधाज्ञा, ताप्लेजुङमा एक साता थपियो
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले निषेधाज्ञा जारी गरेका छन् । सोमबार राति १२ बजेदेखि जेठ ३ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको हो ।