नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण, पोखराबाट एकजना पक्राउ
नक्कली सुनका गहना बैंकमा धितो राखेर २४ लाख पाँच हजार ऋण लिई ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकास्थित सराङकोट बस्ने २५ वर्षका अभिसेक सुनारलाई ठगी...
काठमाडौं : पोखराका दुईवटा वाणिज्य बैंकले नक्कली सुन चिन्न नसक्दा २५ वर्षीय एक युवकले २४ लाख रूपैयाँ ठगी गरेका छन्।पर्वतको कुश्मा नगरपालिका-३ स्थायी घर भई पोखरा सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारले नक्कली सुनका गरगहना धितो राखी दुईवटा बैंकबाट २५ लाख ५ हजार रूपैयाँ ठगी गरेका हुन्।उनले पोखरा महानगरपालिका-१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार र पोखरा-८ पृथ्वीचोकस्थित वाणिज्य बैंकको शाखाबाट ७ लाख ४५ हजार रूपैयाँ कर्जा लिएका थिए।लामो समयसम्म कर्जा