निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरूको टोलीले राष्ट्रपति भवन शितलनिवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ […]