सरकारविरुद्धको प्रदर्शनमा साझाको साथ | Nagarik News - Nepal Republic Media

देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनमा साझा पार्टीले पनि ऐक्यबद्धता जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति साझा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाएको हो।