धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा संचालक समिति सदस्य डा.श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउँदै बैंकिङ्ग सेवा दिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्सटेन्सन काउन्टर स्थापना