काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नगरे महाधिवेशनमा जान नकिने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्चालमार्फत उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका र छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका क्रियाशील सदस्य मात्र स्वीकार हुने बताए ।‘तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका, छानबिन समितिले मापदण्ड बनाइ निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नामम