निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगमा पुग्नु भएकाे छ । आयोगका पदाधिकारीसँग छलफल पछि प्रचण्ड पक्षका नेताहरु बाहिरिनु भएको छ भने ओली खेमाका नेताहरु छलफलमा रहनु भएको छ ।
आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानु भएको थियो ।
त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान जानु भएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिहरुले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले १८ गते अघि कुनै बैठक बस्न नसक्ने र त्यस पछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनु भएको थियो ।
त्यस्तै नेकपा भित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको बैठकपछि सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।