मोरङको बूढीगंगा गाउँपालिकाले त्यहाँ रहेका उद्योगलाई विभिन्न शीर्षकमा लगाएको करविरूद्ध मोरङ व्यापार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । व्यापार संघले सोमबार उच्च अदालतमा बूढीगंगा गाउँपालिकाले संविधानविपरीत दोहोरो कर लिएको भन्दै मुद्दा दायर गरेको हो । संघका अध्यक्ष पवनकुमार शारडाका अनुसार बूढीगंगाले त्यहाँका उद्योगमा यस आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शीर्षकमा अत्यधिक मात्रामा छुट्टै व्यवसाय कर लगाएको छ ।