बाँकेको राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।
दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागिता जनाएका थिए भने ६ […]
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिकाका एकल महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।