काउन्टर महाभियोग : एमालेले आत्मघाती गोल गर्ला भन्ने लाग्दैन

नेकपा एमालेले सर्वोच्च अदालतका चारजना न्यायाधीशहरूमाथि महाभियोग लगाउन सक्ने चर्चा मिडियामा आएको छ । यसका लागि हस्ताक्षर सङ्कलन गर्न लागिएको समेत चर्चा छ । यसरी वरिष्ठतम् लगायत चारजना न्यायाधीशमाथि पनि महाभियोग लगाउनु भनेको महाभियोगसम्बन्धी संविधानको धाराको गम्भीर दुरुपयोग हो । त्यसको बदनियतपूर्ण प्रयोग हो ।महाअभियोगसम्बन्धी संविधानको धारा असल नियतले मात्र प्रयोग गरिनुपर्छ । त्यसलाई बदनियत राखेर प्रयोग गर्न मिल्दैन । चार न्यायाधीशमाथि के भनेर महाअभियोग लगाउने ? यो जस्टिफाई पनि हुँदैन । संविधानमा