अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो । यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो । अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, “उनीहरूबीचको सोहार्द