ऐतिहासिक पर्यटकीय नगरी तानसेनमा व्यवस्थित बसपार्क आयोजनाका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ । कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको ‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि शुक्रबार दुई पक्षबीच ऋण सम्झौता सम्पन्न भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बिच १७ करोड ४३ लाख १२ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ‘पाल्पा बसपार्क’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ९० लाख १७ ह