‘स्टार्टअप’ लाई ‘स्टार्ट’ गर्नै गाह्रो

बूढानीलकण्ठको चुनिखेलमा दुई वर्षदेखि ‘हिल स्टेसन एन्ड होम स्टे प्रालि’ सञ्चालन गरिरहेकी मुना भण्डारीलाई व्यवसाय विस्तार गर्न ५० लाख रुपैयाँ चाहिने भयो । त्यसका लागि कि ऋण काढ्नुपर्थ्यो कि त अनुदान पाउनुपर्थ्यो । गाई फार्म खोलेर डेरी उद्योग सञ्चालन गर्न चाहेकी उनले सरकारले स्टार्टअप (नवप्रवर्तक) व्यवसायलाई बीउ पुँजी अनुदानस्वरूप उपलब्ध गराउने खबर थाहा पाइन् ।