काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको समयसीमा घर्किन लाग्दा प्रमुख राजनीतिक दलहरुबीच फेरि रस्साकस्सी सुरु भएको छ। सम्झौता संसदबाट पारित गराउन अहिलेको सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस टुप्पी कसेर लागिरहेको छ। तर गठबन्धनभित्रै मतभेद चल्दा पार लाग्ने छाँट देखिएको छैन। सत्ता साझेदार दलका लागि एमसीसी घाँटीमा अड्किएको काँडा बनेको छ।…