धादिङ, १५ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० को वडाध्यक्षमा राजाराम पाठकलाई अघि सारेको छ । एमाले नगर कमिटीले युवा नेता पाठकलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पाठकले स्थानीय चुनाव २०७९ को लागि सोमबार वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । […]